
देखासिकी र फजुल खर्चमा आकर्षित नेपाली उपभोक्ताले चालू आर्थिक वर्ष २०७६/७७ को बितेका चार महिनामा चुइंगम चपाएरै साढे १८ करोड रुपैयाँ सकेका छन् ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याकंअनुसार चालू आर्थिक आ.व. को साउनदेखि कात्तिकसम्म ६ लाख २१ हजार ६ सय ८ किलो चुइंगम नेपाल भित्रिएको छ ।
यसको मूल्य १८ करोड ४८ लाख ५५ हजार रुपैयाँ भएको भन्सार विभागले जनाएको खबर मधुजंग पाण्डेको बाइलाइनमा आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।