newskoseli.Com

पाइपलाइनबाट ३ महिनामा भित्रियो १७ करोड लिटर डिजेल

पेट्रोलियम पाइपलाइनबाट ३ महिनामा झन्डै १७ करोड लिटर डिजेल आयात भएको छ । भदौ २४ देखि पाइपलाइनबाट नेपालमा नियमित रुपमा डिजेल आउन थालेको हो ।

नेपाल आयल निगम अमलेखगञ्ज डिपोका अनुसार ३ महिनाको अवधिमा १६ करोड ७१ लाख ८७ हजार लिटर डिजेल आयात भएको छ । नियमित रुपमा पाइपलाइनबाट तेल आएकाले बजारमा आपूर्ति व्यवस्था सहज भएको अमलेखगञ्ज डिपो प्रमुख प्रदीप यादवले बताए ।

पाइपलाइनबाट ३ महिनामा १६ करोड ७१ लाख ८७ हजार लिटर डिजेलको आयातसँगै ६ करोड रुपैयाँ बचत भएको उनको भनाइ रहेको खबर लक्ष्मी सापकोटाको बाइलाइनमा मंगलबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर