newskoseli.Com

सहकारीमा ‘मर्जर’ को तयारी : १८४८ वटालाई ७०० मा झारिँदै !

काठमाडौं महानगरपालिका (कामनपा) मा रहेका १ हजार ८ सय ४८ वटा सहकारीलाई आगामी ५ वर्षमा ७ सयको सङ्ख्यामा सीमित गर्ने अभियान सुरु भएको छ । सहकारी संस्थाको बेथिति रोक्न र पारदर्शी बनाउन महानगरपालिकाले सहकारीलाई एक–अर्कामा गाभ्न (मर्जरमा लान) सुरु गरेको हो ।

कामनपाका अनुसार हालसम्म चार वटा सहकारी आपसमा गाभिएका छन् । सात वटा सहकारी गाभ्न सहमतिका लागि पत्र पठाइसकिएको काठमाडौं महानगरपालिकाका सहकारी विभाग प्रमुख नमराज ढकालले जानकारी दिए । उनका अनुसार सहकारी ऐन, २०७४ र कामनपाको सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार साना सहकारी संस्थाको एकीकरण (मर्जर) सुरु भएको हो ।

मर्जरमा जाने सहकारीलाई कामनपाले तीन वर्षको कर छुट दिएको छ । प्रतिसहकारीले वार्षिक ५ हजार रुपैयाँ कर तिर्नुपर्छ । ढकालका अनुसार सहकारी मर्जर भएर, दुई वर्षदेखि निष्क्रिय सहकारीको लाइसेन्स खारेज गरेर, झोले सहकारीलाई कारबाही गरेर, दोहोरो सदस्यता खारेज गरेर र ऐन अनुसारको कारबाही प्रक्रिया अघि बढाएर सहकारीको सङ्ख्या घटाइने छ ।यसो गर्दा अबको ५ वर्षमा ७ सय सहकारी मात्र हुने खबर लक्ष्मण दर्नालको बाइलाइनमा बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर