newskoseli.Com

कसरी बिग्रियो ‘सूत्र’ ? सबै स्थानीय तहको लेखा प्रणाली नष्ट !

देशभरकै स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने ‘सर्भर सूत्र’ लामो समयदेखि ‘बिग्रिएको’ छ । सम्बद्ध अधिकारीहरूले यसलाई ‘ह्याक’ भएको भन्दै आएका छन् ।

यसबाट ७ सय ५३ वटै स्थानीय तहको अघिल्लो वर्षको साउनयताका ‘डाटा’ नष्ट भएका छन् । महालेखा नियन्त्रक कार्यालयको नियन्त्रणमा रहेको सफ्टवेयर सबनेसनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन  (‘सूत्र’) को गडबडीबारे प्रहरीले अनुसन्धान थालेको छ ।

सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) ले २०७५/७६ देखि स्थानीय तथा प्रदेश सरकारको सञ्चित कोष व्यवस्थापन गर्न ‘सूत्र’ कार्यान्वयनमा ल्याएको थियो । महालेखा नियन्त्रक कार्यालयका उपमहालेखा निरीक्षक निरज केसीका अनुसार बिहीबार रातिदेखि ‘सर्भर ह्याक’ भएको छ ।

केही स्थानीय तहले भने मंसिर दोस्रो सातादेखि नै बिग्रिएको जानकारी दिएको खबर सुरेन्द्र काफ्लेउपेन्द्र अर्यालको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर