newskoseli.Com

शक्तिशाली बम विस्फोट : कम्तिमा ७६ को मृत्यु, ७० घाइते

सोमालियाको राजधानी सहर मोगादिसुस्थित व्यस्त क्षेत्रमा कारमा राखिएको शक्तिशाली बम विस्फोट हुँदा कम्तिमा ७६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केही स्थानीय विश्वविद्यालयका विद्यार्थी समेत रहेको त्यहाँका अधिकारीले शनिबार जनाएका छन् । सो विष्फोटमा परी कम्तिमा ७० जना घाइते भएको बताइएको छ ।

‘विस्फोटमा कम्तिमा ७६ जनाको मृत्यु भएको छ, मृत्यु हुनेमा केही स्थानीय विश्वविद्यालयका विद्यार्थी समेत रहेका छन्’– सहयोगमा सहभागी एम्बुलेन्सका कर्मचारी अब्दुकादिर अब्दिरहमान हाजीले बताए । मोगादिसुको दक्षिणपश्चिमको चोकमा सो विष्फोट भएको हो । उक्त स्थानमा सुरक्षा जाँचका लागि खडा गरिएको अस्थायी सुरक्षा पोस्ट र कर कार्यालय समेत रहेकाले विष्फोटमा अझ धेरैको मृत्यु भएको एक प्रहरी अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा बताए ।

घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । घाइतेमध्ये दर्जनौंको अवस्था गम्भीर रहेकाले मृतक सङ्ख्या थप बढ्न सक्ने प्रहरीले जनाएको छ । सामाजिक सञ्जाल तथा टेलिभिजनमार्फत सार्वजनिक दृष्यहरूमा घटनास्थलमा कारका टुक्राहरू मात्र रहेको देखिन्छ । घटनास्थल वरपरका क्षेत्रमा आक्रमणकारी लुकेको हुन सक्ने आशङ्कामा सुरक्षाकर्मीहरूले खोजतलास तीव्र पारेका छन् ।

मोगादिसुमा विद्रोही अल साबाब इस्लामिक समूहले पटक–पटक आक्रमण गर्दै आएको छ । शनिबार भएको आक्रमण अल कायदाको सहयोगी सोही सङ्गठन अल साबाब इस्लामिक लडाकुले गराएको हो । प्रहरीका अनुसार घटनामा विद्यार्थी तथा टर्कीबाट सडक निर्माणका लागि खटिएका श्रमिक तथा केही इन्जिनियरहरू समेत परेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर