newskoseli.Com

संसदमा भाँडभैलो मच्चाएपछि विपक्षी नेता पक्राउ

मोन्टेनेग्रोका विपक्षी दलका नेतालाई शुक्रबार पक्राउ गरिएको छ । संसदमा ‘नाटकीय र हिंसात्मक क्रियाकलाप’ गरेको भन्दै उनलाई नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन् ।

धार्मिक स्वतन्त्रतासम्बन्धी विवादास्पद कानुन पारित भएपछि उनले संसदभित्र विरोध तथा प्रदर्शन गरेका थिए । नयाँ कानुनमा समावेश गरिएको चर्चसम्बन्धी विषयलाई लिएर मोन्टेनेग्रोमा सरकार र विपक्षबीच विवाद चर्किएको छ ।

संसदमा बिहीबार विवाद भएकामा राति अबेरसम्म पनि त्यो साम्य भएको थिएन । विवादास्पद कानुन पारित नगर्न विपक्षी दल डेमोक्र्याटिक फ्रन्टका सांसदहरुले सरकारी पक्षलाई दबाव दिएका थिए । विधेयकको विपक्षमा विपक्षीहरुले दर्ता गर्न खोजेको संशोधन प्रस्ताव समेत अस्वीकृत भएपछि उनीहरुले संसदको बैठक कक्षमै माइक तोडफोड गर्ने, अरु पार्टीका नेताहरुलाई भौतिक आक्रमण गर्नेलगायतका हिंसात्मक गतिविधि गरेका थिए ।

नियन्त्रणमा लिइएका विपक्षी नेताहरु मिलान क्नेजेभिक र अन्द्रीजा मान्डीकलाई शुक्रबार बिहान छाडिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर