newskoseli.Com

सरकार र विद्रोही लडाकुबीच कैदी आदान–प्रदान हुने राष्ट्रपतिद्वारा जानकारी

डोनेट्स्क क्षेत्रमा स्वतन्त्रताको माग गर्दै सङ्घर्ष गर्दै आएका रूस पक्षधर विद्रोहीसँग आइतबार दर्जनौं कैदीहरू आदान–प्रदान गर्न लागिएको युक्रेनी सरकारी अधिकारीहरूले बताएका छन् ।

पेरिसमा भएको उच्चस्तरीय शान्तिवार्तामा आधारित रहेर पछिल्लो कदम चाल्न लागिएको युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बताए । युक्रेनको पूर्वी क्षेत्रमा डोनेट्स्क र लहान्स्कलाई युक्रेनबाट स्वतन्त्र बनाउने लडाइँ लड्दै आएका उनीहरूलाई रूसको समर्थन रहँदै आएको युक्रेनको दावी छ । उनले भने– ‘आइतबार कैदीको आदान–प्रदान हुनेछ, यसको प्रतीक्षामा हामी छौं, आदान–प्रदान गरिने कैदीको नाम चयन भैरहेको छ ।’

यसअघि (शनिबार नै) डोनेट्स्का विद्रोहीका प्रवक्ता दारिया मरोजोभाले पनि कैदी आदान–प्रदान हुन लागेको बताएका थिए । मरोजोभाका अनुसार लुगान्स्कले आफ्ना नेता–कार्यकर्ता तथा लडाकु गरी ८७ जना फिर्ता हुने र ५५ जना किभ तर्फका कैदी फिर्ता गरिनेछ । कैदीको आदान–प्रदान विद्रोहीको प्रभाव क्षेत्र गोर्लिभ्का नगर नजिकै हुने अनुमान गरिएको छ । यसअघि पनि रूस र युक्रेनबीच समेत केही कैदीको आदान–प्रदान भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर