newskoseli.Com

अमेरिकी दूतावासमा भीषण आक्रमण : हवाई हमलाको ‘प्रतिकार’ !

अमेरिकी सेनाले इराकका विभिन्न स्थानमा हवाई हमला थालेपछि क्रुद्ध विद्रोहीले मंगलबार बग्दादस्थित अमेरिकी दूतावासमा भीषण आक्रमण गरेका छन् । आक्रमणमा संलग्न इराकीहरुलाई अमेरिकी सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरी तितरबितर पारेको बीबीसीले जनाएको छ ।

विद्रोहीको आक्रमणका क्रममा दूतावासस्थित सुरक्षाकर्मीको एक सेन्ट्री पोस्ट ध्वस्त भएको छ । इराक र सिरियाका केही स्थानमा आइतबारदेखि अमेरिकी सेनाले आक्रमण गरेको थियो । ती दुवै देशमा रहेका इरान समर्थित लडाकु शिविर उक्त आक्रमणको निशाना रहेको अमेरिकाले जनाएको छ । इराकी अधिकारीहरुका अनुसार अमेरिकी आक्रमणमा कम्तिमा २५ जना कताइब हेजबोल्लाह लडाकुको ज्यान गैसकेको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार आफ्नो देशका सेनाले आइतबारदेखि कताब हेजबोल्लाहका अखडा र उनीहरुको हतियार भण्डारस्थललाई निशाना बनाइरहेको छ । आइतबार मारिएका कताब हेजबोल्लाहको अन्त्येष्टि गरिएलगत्तै मंगलबार अमेरिकी दूतावास अगाडि विरोध प्रदर्शन गरिएको थियो । इराकी सरकारी कार्यालय तथा अमेरिकी दूतावास रहेको ‘ग्रीन जोन’ भनिने उक्त क्षेत्रमा विद्रोही नेतासहित हजारौं मानिसले जुलुस निकालेका थिए ।

कडा सुरक्षा रहेको ‘ग्रीन जोन’ मा प्रवेश गर्न विभिन्न सुरक्षा जाँच पार गर्नुपर्छ । तर, विरोध प्रदर्शनका निम्ति इराकी सुरक्षाकर्मीले रोकतोक नगरी ‘ग्रीन जोन’ प्रवेश गर्न दिएको बताइएको छ । उक्त स्थलमा प्रवेश गरिसकेपछि कताब हजबोल्लाह विद्रोहीले आफ्नो झन्डा फहराउँदै अमेरिकी आतंकवादविरोधी नाराबाजी गरेका थिए । प्रदर्शनकारीहरुले अमेरिकी दूतावासको मुख्य गेटमा ढुंगा हान्नुका साथै पर्खालमा आगो लगाइदिएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर