newskoseli.Com

चरम विवादित एमसीसीका परियोजना पनि ‘राष्ट्रिय गौरवका आयोजना’ !

प्रायः सबै राष्ट्रिय गौरवका आयोजनाको प्रगति सुस्त रहेका बेला सरकारले त्यस्ता आयोजनाको सूची बढाउँदै लगेको छ । संसदमा विचाराधीन रहेको विवादास्पद अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनासहित तीन वटा आयोजनालाई ‘राष्ट्रिय गौरवका आयोजना’ का रुपमा समावेश गर्ने तयारीमा राष्ट्रिय योजना आयोग लागेको छ ।

गौरवका आयोजनाको सूचीमा थपिन लागिएका अन्य दुई आयोजना– सुनकोशी मरिन सिँचाई आयोजना तथा राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम हुन् । आयोग स्रोतका अनुसार यी आयोजनालाई सूचीमा राख्न प्रोजेक्ट बैंकमा प्रविष्ट गराउने प्रक्रिया अघि बढाइएको छ । एमसीसी ठूले परियोजना भएकाले ठूला आयोजनाको सूचीमा राख्ने तयारी छ, संसदबाट पास भएलगत्तै सो आयोजनालाई राष्ट्रिय गौरवका आयोजनामा राखिनेछ’– योजना आयोग स्रोतले बतायो ।

ती तीन आयोजना सूचीकृत भएमा गौरवका आयोजनाको संख्या २१ बाट बढेर २४ पुग्ने खबर विजय दमासेको बाइलाइनमा आइतबारको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर