newskoseli.Com

अकाशियो खाद्यान्नको मूल्य : केको भाऊ कति पुग्यो ?

पछिल्लो एक महिनाको बीचमा दैनिक उपभोग्य सामानको भाऊ अकाशिएको छ, जसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको भान्सामा परेको छ । एक महिनाको बीचमा दैनिक उपभोग्य वस्तुको भाऊ प्रतिकेजीमै २ सय रुपैयाँसम्म महँगो भएको हो ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार दाल, गेडागुडी, तेल, चामल, आँटा, चिनीलगायत मसलाजन्य वस्तुको मूल्य प्रतिकेजी ५ रुपैयाँदेखि २ सय रुपियाँसम्म महँगो भएको छ । तर, सरकारका नियमनकारी निकायको बजार अनुगमन औपचारिकतामै सीमित भएको छ । सङ्घका अनुसार एक महिनाको बीचमा सबैभन्दा थोरै चामलमा प्रतिकेजी ५ रुपैयाँ र सबैभन्दा बढी धुलो खुर्सानीमा प्रतिकेजी २ सय रुपैयाँसम्म मूल्य बढेको छ । मासको दाल प्रतिकेजी १४० रुपैयाँबाट बढेर १६० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, मुसुरोको दाल प्रतिकेजी १ सय रुपैयाँबाट १३० रुपैयाँसम्म पुगेको छ भने नेपाली रहरको दाल प्रतिकेजी १३० रुपैयाँबाट बढेर १६५ रुपैयाँ पुगेको छ । सो अवधिमा मुगीको गेडा प्रतिकेजीमा १४० रुपैयाँबाट १६० रुपैयाँ, मुगीको छाटा प्रतिकेजी १४० रुपैयाँबाट १९० रुपैयाँमा कारोबार भइरहेको छ भने मुगीको खोस्टा (ठूलो) प्रतिकेजी १३० रुपैयाँबाट बढेर १७० रुपैयाँ पुगेको छ ।

यस्तै, चामलमा प्रतिकेजी ५ देखि १० रुपैयाँसम्म बढेको छ भने तराई ताइचिन चिउरा प्रतिकेजी ६५ रुपैयाँबाट बढेर ८५ रुपैयाँ पुगेको छ । त्यसैगरी, गेडागुडीमा बोडी प्रतिकेजी ९५ रुपैयाँबाट बढेर १३० रुपैयाँसम्म पुगेको छ भने सेतो र हरियो केराउ प्रतिकेजीमा क्रमशः २० देखि ४० रुपैयाँ बढेको छ ।

चिनीमा प्रतिकेजी प्रतिकेजी ८० रुपैयाँबाट बढेर ८५ रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको छ भने तेलमा पनि प्रतिलिटरमा १० देखि ५० रुपैयाँसम्म बढेको खबर सीता शर्माको बाइलाइनमा मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर