newskoseli.Com

माघेसंक्रान्तिका कन्दमुलमा समेत भारतकै भर !

माघेसंक्रान्तिमा उपयोग हुने कन्दमुलका लागि समेत नेपालीले भारतकै भर पर्नु परेको छ । माघेसंक्रान्तिमा विभिन्न कन्दमुल खाने परम्परा छ । माघेसंक्रान्तिमा तरुल, सखरखण्ड, वनतरुललगायतका कन्दमुल खाने नेपाली परम्परा छ ।

नेपाल कृषिप्रधान देश भए पनि यस्ता विभिन्न कन्दमुल नेपालमा पर्याप्त उत्पादन गर्न नसक्दा भारतकै भर पर्नु परेको हो । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७६–७७ को पाँच महिनामा मात्र भारतबाट ४७ लाख १४ हजार रुपैयाँको सखरखण्ड आयात भएको छ ।

सखरखण्ड नेपाली बजारको मागअनुसार उत्पादन नहुँदा व्यापारीहरूले बाध्य भएर आयात गर्नुपर्ने कालीमाटी तरकारी तथा फलफूल थोक बजार संघका अध्यक्ष भरत खतिवडाले बताए । स्वदेशमा पर्याप्त उत्पादन नहुँदा माघेसंक्रान्तिका लागि मात्र व्यापारीहरूले भारतबाट ५० टन सखरखण्ड आयात गर्ने गरेको खतिवडाले बताए । उनका अनुसार भारतबाट आयात गरेको सखरखण्ड प्रतिकिलो ५० रुपैयाँमा खरिद हुने गरेको छ ।

सो हिसाबले माघेसंक्रान्तिमा व्यापारीले करिव २५ लाख रुपैयाँको सखरखण्ड आयात गर्ने गरेको खबर कौशिला कुँवरको बाइलाइनमा आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर