
रूसमा शुक्रबार एकैसाथ २५ वटा कार दुर्घटनामा परेका छन् । दुर्घटनामा परी कम्तिमा दुई जनाको मृत्यु भएको छ । यस दुर्घटनामा १० जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।
रूसको उत्तरी भाग कौकासुसमा पर्ने राजमार्गमा शुक्रबार ती कारहरु दुर्घटनामा परेको आपतकालीन मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
कुहिरो तथा तुसारोका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । थप विवरणका लागि घटनाका बारेमा अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।