
वैदेशिक रोजगारीबाट फर्केपछि श्रम स्वीकृतिको अवधिमा नेपालमै रहँदा मृत्यु हुने श्रमिकका आफन्तलाई पनि ७ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय सरकारले गरेको छ ।
अब बिदा वा करार अवधिमा नेपालमा रहँदा जसरी मृत्यु भए पनि मृतकका नजिकका नातेदारले आर्थिक सहायतास्वरुप सरकारबाट ७ लाख रुपैयाँ पाउने छन् ।
वैदेशिक रोजगार बोर्डको आइतबार सम्पन्न बैठकले वैदेशिक रोजगारीपछि नेपाल आएर मृत्यु भएका श्रमिकका नाममा समेत आर्थिक सहायता दिने निर्णय गरेको खबर गोपाल संग्रौलाको बाइलाइनमा मंगलबारको कारोबार दैनिकमा प्रकाशित छ ।