newskoseli.Com

इन्टरनेटमा ठगी : निरीह उपभोक्ता, रमिते नियामक !

पहिलेको तुलनामा इन्टरनेटमा धेरै सुविधा छन् तर प्रविधिले जति सहज बनाएको छ, नेपाली इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुले भने उपभोक्तालाई त्यसअनुसार सुविधा दिन सकेका छैनन् ।

नेपाल प्रहरीको सञ्चार निर्देशनालयका पूर्वप्रमुख डा. राजीव सुब्बाले भने– ‘२५ वर्ष अघि मर्कन्टाइलको सेवा निकै महँगो थियो । अहिले महिनाको २–३ हजार भए राम्रो स्पिड भएको इन्टरनेट पाउन सकिन्छ । तर, आईएपीहरुले ‘सेयरिङ’ गर्ने ‘मेकानिज्म’ प्रयोग गर्छन्, जसले गर्दा आफूलाई इन्टरनेट चाहिएको समयमा समस्या हुन्छ ।’

सुब्बाका भनाइमा सबै आईएसपीको साझा समस्या भनेको जति स्पिडको इन्टरनेट दिन्छु भन्छन्, त्यो दिँदैनन् । उनी भन्छन्– ‘आईएसपीहरुले एउटा ‘प्याटर्न’ अध्ययन गर्छन्, जस्तो मेरो घरमा दिनभर इन्टरनेट चल्दैन । जतिबेला हाम्रो इन्टरनेट चल्दैन, उनीहरुले उक्त स्पिड अरु ठाउँमा डाइभर्ट गर्छन् ।’

उपभोक्ताहरुले आईएसपीको यस कार्यबारे थाहा पाउँदैनन् । तर, थाहा पाउने नियामक निकायले भने उपाभोक्ताले भोग्नुपरेको यस्ता असुविधामा ध्यान दिएको नपाइएको खबर सरस्वती ढकालको बाइलाइनमा आइतबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर