newskoseli.Com

१५ सय सहकारी सञ्चालकलाई सेवा–सुविधा रोक्का

युवा तथा साना व्यवसायी रोजगार कोषबाट कर्जा लिएर समयमा नतिर्ने विभिन्न सहकारीका १ हजार ५ सय सञ्चालकले स्थानीय तहबाट पाउने सेवा–सुविधा रोक्का गरिएको छ ।

कोषले मुलुकभरका बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यले सहकारीमार्फत कर्जा दिँदै आएको छ । यसरी लगानी गरेको करिव १८ करोड रुपैयाँ सहकारीले नतिरेपछि कोषले तिनका सञ्चालकलाई स्थानीय तहबाट दिने सुविधा रोक्न पत्राचार गरेको हो ।

कोषका अनुसार १ सय १ सहकारीका पदाधिकारी र सदस्य गरी १ हजार ५ सय ५३ जनाको सुविधा रोक्न स्थानीय तहलाई पत्राचार गरिएको खबर दिलिप पौडेलको बाइलाइनमा शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर