newskoseli.Com

फेसबुक–युट्युबबाट विज्ञापन लिए–दिए ‘कारबाही’ ! राष्ट्रबैंकको नालायकीपन…

बैंकिङ प्रणालीभन्दा बाहिर गएर सामाजिक सञ्जालबाट विज्ञापनको भुक्तानी गरे ‘कडा कारबाही’ भोग्नुपर्ने भएको छ । ‘अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुनी हो,’ राष्ट्र बैंकले भनेको छ– ‘त्यसरी कारोबार गरेको पाइएमा कानुनबमोजिम कारबाही हुनेछ ।’

राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै फेसबुक, ट्विटर, युट्युबजस्ता सामाजिक सञ्जालमा विज्ञापन गरेवापत पैसा तिर्दा वा लिँदा बैंकिङ प्रणालीको प्रयोग गर्न भनेको हो । विज्ञापन एजेन्सीहरूका अनुसार गुगल र सामाजिक सञ्जालको विज्ञापनमा वार्षिक डेढ अर्ब रकम बाहिरिने गरेको अनुमान छ । यो अनुमानभन्दा बढी रकम बाहिरिएको हुन सक्ने सूचना प्रविधिका विज्ञ बताउँछन् ।

त्यस्तो विज्ञापनमा नेपालीले पैसा खर्चिरहेका छन् भने युट्युबजस्ता इन्टरनेट ‘प्लेटफर्म’ मार्फत धेरैले विदेशबाट पैसा आर्जन गरिरहेका छन् । गीत, हास्यव्यंग्यलगायतका सामग्री युट्युबमा राखेर नेपालीले ठूलो कमाइ गरिरहेको विवरण सार्वजनिक हुने गरेका छन् । त्यस्तो आम्दानीबाट नेपाली बैंकमा विदेशी मुद्रा जम्मा हुन सकेको छैन । त्यही कारण अनौपचारिक माध्यमबाट ‘भुक्तानी र प्राप्ति’ गरिनुहुन्न भन्ने मान्यतामा विदेशी विज्ञापन बजारलाई कडाइ गर्न लागिएको राष्ट्र बैंकका अधिकारीले बताएका छन् ।

‘त्यस्तो किसिमको कारोबारलाई व्यवस्थित गर्न के गर्नुपर्छ, हामी छलफल गर्न तयार छौं,’ राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख बमबहादुर मिश्र भन्छन्– ‘हामी वैधानिक पद्धतिको विकास होस् भन्न चाहन्छौं ।’

साना लगानीमा आर्जन गरी जीविका चलाइरहेकालाई कस्ने तर व्यवस्थित गर्नेतर्फ आफूले ढंग पुर्‍याउन नसक्ने राष्ट्रबैंकको नालायकीपनसम्बन्धी यो खबर विनय बञ्जाराको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर