newskoseli.Com

भारतले किन घटायो नेपाललाई दिने अनुदान ?

भारतले वार्षिक रूपमा नेपाललाई दिँदै आएको अनुदान रकम यस वर्ष घटाएको छ । शनिबार भारत सरकारले आ.व. सन् २०२०–२१ का लागि सार्वजनिक गरेको बजेटमा नेपाललाई रू. १२ अर्ब ८० करोड (८ अर्ब भारू) अनुदान दिने उल्लेख गरेको छ, जुन गत आ.व. को भन्दा ३३ दशमलव ३३ प्रतिशतले कम हो ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आ.व. २०२०–२१ को बजेट प्रस्तुत गर्दै नेपाललाई यति रकम अनुदान दिने घोषणा गरेकी हुन् । भारतले आ.व. २०१९–२० मा नेपाललाई रू. १९ अर्ब २० करोड (१२ अर्ब भारू) अनुदान दिएको थियो भने आ.व. २०१८–१९ मा रू. १२ अर्ब २१ करोड (७ अर्ब ६३ करोड भारू) अनुदान दिएको थियो ।

भारतले यसरी नेपाललाई दिने अनुदान उसले दिने अरु सहयोग रकमभन्दा छुट्टै हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको १ खर्ब भा.रू. लगायतका अनुदान यसमा समावेश हुँदैन ।

आर्थिक मन्दी खेपिरहेको भारतले छिमेकी मुलुकहरूलाई दिने अनुदानमा यो वर्ष झिनो कमी गरेको देखिएको छ । भारतले यस वर्ष त्यस्ता मुलुकलाई ६९ अर्ब ६ करोड भा.रू. अनुदान दिएको छ । गत आ.व. मा भारतले उक्त मुलुकहरूलाई ६९ अर्ब ६२ अर्ब भा.रू. अनुदान दिएको खबर मिलन विश्वकर्माको बाइलाइनमा आइतबारको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर