newskoseli.Com

लसुनको भाऊ : किलोमै बढ्यो २००, पुग्याे ५५० रूपैयाँ

सरकारले नेपाल–चीन सीमाना बन्द गर्दा उत्तरी छिमेकबाट आयात हुने लसुनको आयातमा कमी आउनुका साथै यसको मूल्य पनि काशिएको छ ।

काठमाडौंमा लसुनको मूल्य प्रतिकिलो २०० रुपैयाँले बढेको छ । काठमाडौंको बजारमा पुसको तेस्रो सातासम्म प्रतिकिलो २ सय ५० रुपैयाँ रहेको सुकेको लसुनको मूल्य बढेर अहिले औसत ५ सय ५० रुपैयाँ पुगेको छ ।

पछिल्लो समय चीनबाट लसुनको आयात घटेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिले बताएको छ । समितिका अनुसार पुस महिनामा चीनबाट २ सय ५० टन चिनियाँ लसुन आयात भएकामा माघ महिनामा हालसम्म ९८ टन मात्र आयात भएको छ । गत सातादेखि आयात नै ठप्प भएकाले यसले बजारमा थप प्रभाव पार्न सक्ने समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार यो समयमा अन्यत्रबाट लसुनको आयात कम हुने भएकाले बजारमा चिनियाँ लसुन बढी हुने गर्छ । आयात यसै गरी प्रभावित भए यो मूल्य अझै बढ्न सक्ने उनी बताउँछन् । भन्सार विभागको तथ्यांकअनुसार यस आ.व. को पहिलो ६ महिनामा चीनबाट ५४ करोड ५२ लाख रूपैयाँ बराबरको ५ हजरा ७८ टन लसुन आयात भएको खबर मंगलबारको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर