newskoseli.Com

कर नतिर्नेलाई झ्याँ–झ्याइँ बाजा !

बाजा कि त बिहेमा बज्छ नत्र अरु विभिन्न शुभकार्यमा । अधिकांशको कल्पना यही नै हुने गर्छ । तर, काठमाडौं महानगरले भने बाजाको फरक प्रयोग गर्न लागेको छ ।

ताकेता गर्दा पनि कर नतिर्ने संस्थाको नाम प्रचार प्रसार गर्दै महानगरले अब बाजा बजाउने भएको छ । कर तिर्न अटेर गर्ने ठूला करदाताको नाम बाजागाजासहित ‘माइकिङ’ गर्ने योजना बनाएको महानगरपालिका राजस्व विभागका निर्देशक शिवराज अधिकारीले जानकारी दिए ।

कर तिर्न पटक–पटक ताकेता गर्दा पनि बेवास्ता गरेका कारण नयाँ योजना ल्याइएको उनले बताए । ‘कर नतिर्ने करदाताका लागि हामीले ल्याएको नयाँ योजना हो यो,’ उनले भने– ‘यसो गर्दा संस्थाको ‘सोसियल स्टाटस’ मा असर पर्ने डरले करदाता आफैं तिर्न आउँछन् भन्ने हाम्रो विश्वास छ ।’

दोस्रो–तेस्रो पटक ताकेता गर्दा समेत अटेर गरेपछि यस्तो तयारी गर्न बाध्य भएको निर्देशक अधिकारीले बताएको खबर उपेन्द्र अर्यालको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर