newskoseli.Com

सातामै भित्रियो डेढ करोडको गुलाब : ‘भ्यालेन्टाइन डे’ को कमाल !

‘भ्यालेन्टाइन डे’ का लागि पछिल्लो एक सातामा मात्रै भारतबाट नेपालमा १ करोड ६० लाख रुपैयाँको गुलाब आयात भएको छ । नेपाल पुष्प व्यवसायी संघका अनुसार फेब्रुअरी १४ मा मनाइने ‘प्रेम दिवस’ का लागि सो रकम बराबरका दुई लाख थान गुलाब आयात भएको हो ।

फेब्रुअरी १४ लाई ‘भ्यालेन्टाइन डे’ का रूपमा मनाउने गरिएको छ । प्रेमको प्रतीकका रूपमा रातो गुलाबको प्रयोग हुने गरेकामा यो समयमा वर्षकै सबैभन्दा बढी गुलाब आयात हुने गरेको व्यवसायी बताउँछन् । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १८ लाख रूपैयाँ बराबरको गुलाब आयात भएकामा पछिल्लो एक सातामा मात्रै यसको आयात करिव ८ सय प्रतिशतले बढेको छ ।

संघका अनुसार अघिल्लो वर्ष यस समयमा १ करोड ५० लाख रूपैयाँ बराबरको गुलाब आयात भएको थियो । व्यवसायीका अनुसार नेपालमा अधिकांश गुलाब भारतबाट ल्याउने गरिन्छ । भारतको नयाँ दिल्ली, कोलकाता र बैंग्लोरबाट गुलाब आयात हुने गरेको खबर प्रशान्त खड्काको बाइलाइनमा बिहीबारको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर