newskoseli.Com

प्याज सस्तियो, लसुनको कारोबारै ठप्प

केही दिनदेखि प्याजको भाऊ घटेको छ भने लसुनको भाऊ उच्च हुँदा कारोबार नै ठप्प भएको छ । भारतीय बजारबाट प्याज आउन थालेसँगै उपत्यकाका बजारमा प्याजको भाउ घटेको हो । असोजदेखि महँगिएर मङ्सिरमा थोकमै १८० रुपैयाँ पुगेको प्याजको मूल्य घटेर अहिले ७३ रुपियाँमा थोक कारोबार भइरहेको छ ।

त्यस अवधिमा प्याजको खुद्रा मूल्य प्रतिकेजी २५० रुपैयाँसम्म पुगेको थियो । भारतले नेपालमा प्याज निर्यात गर्न प्रतिबन्ध लगाएसँगै महँगो भएको प्याज भारतमा उत्पादन बढेर अहिले विगतभन्दा सहज रूपमा आउन थालेपछि मूल्य सस्तिएको व्यापारी बताउँछन् ।

लसुनको कारोबार ठप्प

चीनबाट हुने लसुनको आयात बन्द भएपछि नेपाली बजारमा लसुनको कारोबार नै ठप्प भएको छ । काठमाडौं उपत्यकाको लसुनको माग चिनियाँले धान्दै आएकामा नोबेलकोरोना भाइसर फैलने डरले दुई देशका व्यापारिक नाका बन्द गरिएसँगै कालीमाटी तरकारी बजारमा यसको कारोबार ठप्प भएको खबर शुक्रबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर