newskoseli.Com

‘आतंकवादी’ बन्न फर्म भर्दै अन्तर्वार्ता, सोधिन्छ– कहिले र कहाँ मर्ने ?

पढ्न र सरकारी जागिर खान मात्र होइन, अब ‘आतङकवादी’ सङगठनमा लाग्न समेत विधिवत ढंगबाट फर्म भरेर अन्तर्वार्ता दिई ‘उत्तीर्ण’ हुनुपर्ने समय आएको छ ।

संसारको सबैभन्दा ठूलो ‘आतङ्कवादी’ सङ्गठन इस्लामिक स्टेट अफ इराक–सिरिया (आईएसआईएस) मा भर्ती हुन चाहने युवाहरुले २३ वटा प्रश्नहरुको जवाफ दिँदै विधिवत् फर्म भर्नुपर्ने हुन्छ ।

यसरी फर्म भरेपछि उनीहरुलाई अन्तर्वार्ता लिई छनोट गरिने कुरा उक्त संगठनद्वारा सार्वजनिक खबरमा जनाइएको छ । ‘आतङ्कवादी’ बन्न इच्छुक ‘उम्मेदवार’ ले आफ्नो जन्म तारिख, राष्ट्रियता, रक्तसमूह र युद्धको अनुभवबारे फर्ममा उल्लेख गर्नुपर्ने हुन्छ ।

ब्रिटेनको एक अङ्ग्रेजी समाचार च्यानलले आईएसआईएसले यस्ता हजारौं फर्म वितरण गरेको खबर सार्वजनिक गरेको छ । आईएसआईएसले ५१ देशमा २२ हजार मानिसहरुलाई फर्म भराइसकेको समाचार उक्त च्यानलले प्रशारण गरेको छ । यसरी फर्म भनेहरुमा बेलायती नागरिक समेत उल्लेख्य संख्यामा रहेको बताइएको छ ।

केही अघि ‘जमान अल वासल’ नामक एक वेबसाइटले पनि उक्त फर्मबारे खुलासा गरेको थियो । अरबी भाषामा लेखिएको उक्त फर्म भरेर अन्तर्वार्तामा उत्तीर्ण भइसकेपछि फर्म भनेहरु सदस्य बन्दछन् ।

अन्तर्वाताका क्रममा पुरुष ‘उम्मेदवार’ हरुलाई आत्मघाती बन्न तयार हुने कि नहुने भनेर सोधिन्छ भने महिलाहरुलाई ‘छोरा पाउने कि आत्मघाती बन्ने’ भनेर सोध्ने गरिएको प्राप्त समाचारमा उल्लेख छ ।

उक्त फर्ममा भर्नुपर्ने २३ प्रश्न यसप्रकार छन्–

१. नाम

२. आमाको नाम

३. रक्तसमूह

४. जन्मदिन र राष्ट्रियता

५. विवाहित वा अविवाहित

६. स्थायी ठेगाना

७. शैक्षिक योग्यता

८. मुश्लिम कानुनबारेको ज्ञान

९. पहिले कहाँ काम गरेको

१०. कुन–कुन देश भ्रमण गरेको

११. कुन बाटो हुँदा यहाँसम्म आइपुगियो

१२. कसको सिफारिसमा आएको

१३. कुन माध्यमबाट आइपुगेको

१४. पहिले युद्धमा सहभागी भएको वा नभएको

१५. कुन पदमा दावी हो

१६. त्यस पदबारे कस्तो अनुभव छ

१७. अहिले कहाँ काम गरिरहेको

१८. सम्पत्ति कति छ

१९. आदेशको पालना गर्न कत्तिको तत्परता छ

२०. सम्पर्क नम्बर

२१. कहाँ मर्ने विचार छ

२२. कुन समयमा मर्ने चाहना छ

२३. नोट र थप कुरा ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर