newskoseli.Com

१ हजार रुपैयाँ लगानी, १० वर्षमै करोडपति !

एक दशकअघि हजार रुपैयाँको लगानीबाट व्यवसाय सुरु गरेका व्यक्ति करोडौं रुपैयाँको मालिक भएको खबर सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । यो यथार्थ हो । २०५७ मा मकवानपुरबाट पोखरा आएर व्यवसाय थालेका दीपक तिमिल्सिना आफ्नो पसिनाको कमाइबाट करोडौंको मालिक बनेका छन् ।

पश्चिम नेपालका ग्रामीण क्षेत्रबाट दाल, गेडागुडीलगायतका कृषि उत्पादन ल्याएर जानकी एग्रो प्रोडक्ट उद्योग सञ्चालन गरेका तिमिल्सिनाको अनुभवले कुनै पनि पेसा, व्यवसायमा मेहनत र निरन्तरता दिए सफलता सहजै हात पार्न सकिन्छ भन्ने राम्रो उदाहरण पेस गरेको छु । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले रुकुम, रोल्पा, सल्यान, दाङ, पर्वतजस्ता जिल्लाहरूबाट कृषि उत्पादन ल्याएर बजारसम्म पुर्‍याउने काम गरेका उनले भने– पश्चिम नेपालका दुर्गम ठाउँका किसानसँग उत्पादन थियो तर बजार थिएन, मैले बजार खोज्ने काम गरें, किसानले पनि मूल्य पाए, मैले पनि आर्थिक प्रगति गरें ।’

व्यवसाय सुरु गर्दाको अवस्थाबाट अहिलेको स्थितिमा उनको व्यावसायिक लगानी १८ करोड बराबरको भएको तिमिल्सिनाले बताए । जानकी एग्रोतिर ७ करोड र फार्ममा ११ करोड रुपैयाँको लगानी छ । तिमिल्सिना दम्पतीको मेहनतले अचेल पोखरामा उनको ब्रान्ड राम्रै ब्रान्ड बन्न सफल भएको छ ।

उनकी श्रीमती जानकी तिमिल्सिनाले भनिन्– ‘पोखरामा टिकेर बसेका कारणले नै सबैले पत्याउने भएका छौं, गाउँघरमा फल्ने अर्ग्यानिक कृषि उत्पादन सहरमा माग भएकाले यस व्यवसायमा हामीलाई सफलता मिलेको हो ।’ आफ्नो अनुभव सुनाउँदै उनले भनिन्– ‘गरिबले मात्रै कोदो, मकै खान्छन् भन्ने मान्यता थियो; गाउँमा कोदो, मकै खरिद गर्न जाँदा किनेर कता लान्छन् होला भन्थे किसानले । हामीले गाउँघरमा कुरा गर्दा विश्वास पनि गर्दैनथे तर अहिले तिनै उत्पादनलाई बजारमा बस्ने पढेलेखेका व्यक्तिको खाने आहार बनाउन हामी सफल भयौं ।’

जानकी प्रोडक्टले गाउँबाट ल्याएको उत्पादनलाई सीधै बजारमा पठाउने नभई त्यसलाई प्रशोधित गरेर ब्रान्डका रूपमा बिक्री वितरण गर्ने उनको भनाइ रहेको खबर तारा चापागाईं दुवेको बाइलाइनमा सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर