newskoseli.Com

शेयर बजारमा हालसम्मकै उच्च कारोबार

बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्मकै उच्च कारोबार भएको छ । पछिल्लो समय शेयरबजार सुधारको बाटोमा जाँदा बिहीबार २ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो ।

यसअघि २०७३ साउन ११ मा २ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेको इतिहासमा दैनिक कारोबार यसरी २ अर्बभन्दा बढी नाघेको यो १९औं पटक हो । बिहीबार नेप्सेमा १ सय ८० कम्पनीका ५८ लाख २९ हजार ५ सय १० कित्ता शेयरको किनबेच भयो । साथै, नेप्से परिसूचक पनि २२ महिना यताकै उच्च १ हजार ४ सय ३४ दशमलव ५७ विन्दुमा पुग्यो ।

यसअघि २०७५ वैशाख ९ मा नेप्से परिसूचक १ हजार ४ सय ३८ दशमलव ४९ विन्दु रहेको थियो । त्यसयता, निरन्तर ३ वर्षभन्दा बढी ओरालो लागेको धितोपत्र बजार पछिल्लो केही समययता उकालाे लाग्ने क्रममा छ ।

बिहीबार कारोबारको सबैभन्दा ठूलो अंश शिवम् सिमेन्टले ओगटेको छ । शिवमको २ लाख ५६ हजार ९ सय २ कित्ता शेयरको किनबेच हुँदा १७ करोड २ लाख १३ हजार रूपैयाँको कारोबार भएको खबर प्रजिता बुढाथोकीको बाइलाइनमा शुक्रबारको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर