newskoseli.Com

५०० किलो सुन किन थन्कियो बैङ्कमा ?

सुनको मूल्य निरन्तर अकाशिएर कारोबारमा मन्दी आउँदा सुन व्यवसायीहरुले बैङ्कबाट पहेंलो धातुको खरिदमा कटौती गरेका छन् । व्यवसायीहरुले सनु नकिन्दा अहिले बैङ्कहरुमा ५ सय केजीभन्दा बढी सुन थन्किएको छ ।

नेपाल बैङ्कर्स संघका अनुसार फागुन सुरु भएलगत्तै बैङ्कबाट सुन किन्ने व्यवसायीहरुको क्रम ह्वात्तै घटेको छ । नेपालमा विवाह–ब्रतबन्धको सिजन अर्थात् असोज, मङ्सिर, माघ र फागुनमा बैङ्कबाट उच्च मात्रामा सुन बिक्री हुने गरेको थियो । तर, यस पटक फागुनको मध्यसम्म पनि व्यवसायीहरुले बैङ्कबाट धेरै सुन किनेका छैनन् ।

गतवर्ष प्रतितोला ६० हजार रुपैयाँको हाराहारीमा रहेको सुनको मूल्य अहिले ८० हजार पुगेको छ । मूल्य बढेकाले पहिले दैनिक ५० केजी सुन खपत हुने गरेको नेपाली बजारमा अहिले दैनिक १० केजी १५ केजीसम्म मात्र खपत हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको खबर बुधबारको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर