newskoseli.Com

बियर फ्याक्ट्रीमा भयानक गोलाबारी, ७ को मृत्यु

अमेरिकाको विस्कान्सिन प्रान्तस्थित बियर उत्पादन गर्ने एक कम्पनीमा भयानक गोलीबारी भएको छ । सो घटनामा ७ जनाको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार बुधबार दिउँसो मोलसन कुर्स कम्प्लेक्समा एक हतियारधारी व्यक्तिले अन्धाधुन्द गोली चलाएका थिए । ती व्यक्तिलाई नियन्त्रणमा लिनुअघि नै केही व्यक्तिको मृत्यु भइसकेको जनाइएको छ ।

विस्कान्सिनका मेयर टम बेरेटले सो घटनाप्रति प्रतिक्रिया दिँदै त्यसलाई भयावह भनेका छन् । ‘घटना भयावह थियो, केही व्यक्तिको मृत्यु भएको छ,’ उनले भनेका छन्– ‘हमलाकारीको पनि मृत्यु भएको हुन सक्छ ।’

हमलाकारी सोही कम्प्लेक्समा काम गर्ने व्यक्ति भएको समाचारमा जनाइएको छ । सो कम्पनीमा करिव ६ सय जनाले काम गर्ने गरेको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर