newskoseli.Com

आधा घट्यो लसुनको मूल्य

भारतीय लसुन आयात हुन थालेपछि बजारमा मूल्य आधा घटेको छ । चीनमा देखिएको कोरोना भाइरसका कारण चीन–नेपाल सीमानाका बन्द गरिएपछि अभाव भएको भन्दै व्यापारीहरूले लसुनको मूल्य बढाएका थिए । यसरी बढेको मूल्य अहिले भारतीय लसुनका कारण दिन–प्रतिदिन घट्दै गएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूचीअनुसार पुस अन्तिम साता चिनियाँ लसुनको थोक मूल्य प्रतिकिलो २ सय २० रुपैयाँ थियो । तर, आयात बन्द भएपछि व्यापारीहरूले आफूसँग भएको लसुन होलसेलमा प्रतिकिलो ७ सयदेखि ८ सय रुपैयाँसम्ममा बेचेको कालीमाटी तरकारी बजारका व्यवसायी रामबहादुर क्षत्रीले बताए ।

भारतीय लसुनको आयात हुन थालेपछि भने मूल्य घट्दै प्रतिकिलो ४ सय २० रुपैयाँ कायम भएको छ । त्यसैगरी, भारतीय लसुनको मूल्य प्रतिकिलो २ सय ८० रुपैयाँ रहेको छ । चीनबाट आयात हुन नसक्दा व्यापारीहरूले लुकाएर राखेको चिनियाँ लसुन समेत अहिले बजारमा आउन थालेको खबर प्रशान्त खड्काको बाइलाइनमा आइतबारको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर