newskoseli.Com

‘भिजिट नेपाल २०२०’ : बन्द भैसक्यो कि चल्दैछ ?

कोरोनाभाइरस (कोभिड– १९) को विश्वव्यापी प्रभाव आँकलन गर्दै सरकारले एकपछि अर्को निर्णय गर्दै आए पनि ‘नेपाल भ्रमण वर्ष २०२०’ स्थगन भएको हो कि होइन भन्नेबारे स्पष्ट पारेको छैन ।

सरकारले मार्च ७ देखि सम्पूर्ण मुलुकका लागि ‘अन अराइभल भिसा’ मा रोक लगाउँदै कोरोनाको रोकथाम एवं पूर्वतयारीका कार्यहरू तत्काल थाल्ने निर्णय गरेको छ । तर, भ्रमण वर्षलाई नै स्थगित गर्ने वा निरन्तरता दिने भन्ने विषयमा भने ठोस निर्णय नआउँदा भ्रमण वर्ष अन्योलमा परेको छ ।

आइतबार बेलुकी अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकमा भ्रमण वर्ष स्थगित गरी २०२२ मा सार्ने प्रस्ताव आएको भनिए पनि यस विषयमा कुनै ठोस निर्णय बाहिर नआएपछि भ्रमण वर्षको तालुकदार मन्त्रालय र भ्रमण वर्ष सचिवालय नै भ्रमण वर्ष के हुने भन्नेबारे अन्योलमा देखिन्छन् । सरकारले भ्रमण वर्षका बारेमा के गर्दा उपयुक्त होला भन्नेमा न सरोकारवालाहरूसँग छलफल गरेको छ न त गर्न खोजिएका उपायबारे जानकारी नै आएको छ ।

आइतबारको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्षका बारेका के निर्णय गरेको छ भन्ने विषयमा सोमबारसम्म पनि स्पष्ट तथ्य बाहिर आउन सकेन । मन्त्रिपरिषद् बैठकका निर्णयबारे सञ्चार माध्यमलाई हरेक बिहीबार मात्रै जानकारी दिने प्रचलनले मन्त्रिपरिषदका निर्णयबारे सूचना पाउन समेत मुश्किल भएको छ ।

मन्त्रिपरिषद् बैठकमा भ्रमण वर्ष स्थगित गरी २०२२ मा सार्ने भन्ने प्रस्ताव आएको आफूले सुनेको तर यसबारेमा औपचारिक रूपमा केही थाहा नभएको पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताएको खबर टीपी भुसालको बाइलाइनमा मंगलबारको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर