newskoseli.Com

गाउँमा पाइने केराका ‘बुङ्गा’, सहरमा भए ज्यादै महँगा !

झिसमिसेमै विराटनगर अस्पताल चोकमा भेटिने मोरङ जहदा गाउँपालिका– ४, केवलासा टोलका चिसुदु ऋषिदेव दिनभर गाउँका घर–घरमा डुल्छन् । दिउँसो गाउँ घुम्ने र बिहान विराटनगर रुङ्ने दैनिकी ५२ वर्षीय ऋषिदेवले आफैं बसाएका भने होइनन् ।

बुबाकै पालादेखि सुरु भएको उनको यस्तो दैनिकी ४० वर्षयता निरन्तर छ । गाउँघरको तरकारी किनेर सहरका चोकमा चार घन्टा बस्दा ऋषिदेवको दैनिक जीविकोपार्जनसँगै यस्तो तालिका समेत बन्ने गरेको हो । गाउँघरमा खासै महत्त्व नदिइने केराको बुङ्गा (फूल) सहरका घर–घरमा सजिलै स्वीकारिने गरिएपछि ऋषिदेवले पछिल्लो पाँच वर्षदेखि आफ्नो कमाइखाने पेसा बुङ्गामै केन्द्रित गरेका छन् ।

गाउँभर भेटिएका बुङ्गा किनेर सहरमा ल्याउँदा नाफा पनि आशालाग्दो नै हुने गरेको छ । ‘गाउँका बुङ्गा सहरमा महँगा,’ ऋषिदेवले भने– ‘तराई समुदायका घरहरूमा केराको बुङ्गालाई खासै ध्यान दिइँदैन तर सहरमा यसको निकै महत्त्व छ ।’ कृषि उपजको एउटा बेग्लै क्षेत्र समेटिएको यो खबर बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर