newskoseli.Com

‘हेलो सरकार ! बालबच्चा भाेकै हुने भए, एक सिलिन्डर ग्यास मिलाइदिनुपर्‍यो !’

मंगलबार बिहान ११ बजे । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हटलाइन नम्बर ११३७ मा गुनासो आयो– ‘हेलो सरकार ! तीन दिनदेखि ग्यास लिन सबै पसल चहारें तर कतै पाइनँ, एक सिलिन्डर मिलाइदिनुपर्‍यो ।’

कीर्तिपुरका सुरेश महर्जनको गुनासो थियो यो । विभागका शाखा अधिकृत दीपक पोखरेलले महर्जनसँग स्थानीय क्षेत्रमा कुन–कुन कम्पनीको ग्यासका डिपो छन् भनेर जिज्ञासा राख्दै उपलब्धताका विषयमा ग्यास उद्योगसँग आवश्यक पहल गरिने जवाफ मात्रै फर्काउन पाए ।

महर्जनको कुरा नटुंगिँदै अर्का एक सर्वसाधारण लाइनमा आइसकेका थिए । ‘हेलो विभाग ’ म भक्तपुरबाट सोनम मगर बोलेको । यहाँ ग्यास र मास्क पाइएन । ग्यास नपाए मेरा बालबच्चा र जहान भोकै बस्नेछन् ।’ पोखरेलले मगरसँग भने– ‘मगरजी तपाईंको गुनासो मैले टिपें, सरोकारवाला निकायसँग सहकार्य गरी सकेसम्म तपाईंलाई ग्यास उपलब्ध गराउन प्रयास गर्छौं ।’

लगत्तै लाइनमा आइपुगेका अर्का सर्वसाधारण झापाका उमेश कार्कीले पनि त्यस्तै गुनासो तेर्साए । ‘सर हाम्रोतिर मास्क र ग्यासको चरम अभाव भयो, किन्न पाइएन । हुनेखानेले पहुँचको भरमा ३–४ वटा सिलिन्डर पाए । जसरी पनि एउटा सिलिन्डर उपलब्ध गराइदिनुपर्‍यो’– कार्कीले भने । कार्कीलाई पनि पोखरेलले ग्यास उपलब्ध गराउन सकेसम्म प्रयास गर्ने बाचा गरे ।

लगत्तै अर्को फोन उठाए । काठमाडौं बागबजारकी राधिका तामाङले ग्यास नपाएर कठिन भएको गुनासो गरिन् । हटलाइनमा एक घन्टामै करिव डेढ सय संख्यामा गुनासा आउँछन् । कतिपयको गुनासो टिप्नै नभ्याइने पोखरेलले बताए । गुनासो केलाएर काठमाडौंमा सकेसम्म अनुगमन टोली पठाउने गरिएको छ ।

विभागले बाहिर भने स्थानीय प्रशासनसँग समन्वय गरी जानकारी गराउँदै आएको छ । कोरोना भाइरसको सन्त्रासका कारण उपभोक्ताले दैनिक उपभोग्य वस्तु सञ्चित गर्न थालेपछि हटलाइन व्यस्त भएको खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर