newskoseli.Com

आईटीको ठेक्कामा पौडेल बन्धुको मनपरी !

सरकारका दर्जन मन्त्रालयले सूचना प्रविधिसम्बन्धी वस्तु तथा सेवा खरिद गर्दा प्रत्यक्ष–अप्रत्यक्ष संलग्न हुने दुई व्यक्ति हुन्– विकल पौडेल र सुनिल पौडेल । विकल हाल सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक हुन् भने सुनिल राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक ।

निजामति सेवामा करारमा कार्यरत यी पौडेल बन्धु आईटीसम्बन्धी वस्तु तथा सेवा खरिदमा पछिल्लो समय भएका अनियमितताका घटनामा सधैं विवादमा आउने गरेका छन् । दर्जनभन्दा बढी सरकारी निकायले आईटीसम्बन्धी वस्तु र सेवा खरिद गर्दा यिनै बन्धुहरुलाई ‘विज्ञ’ अर्थात् ‘एक्स्पर्ट’ का रुपमा स्पेसिफिकेसन तयार पार्न उच्च सरकारी अधिकारीहरु अनुरोध गर्दछन् ।

तर, यी बन्धुहरुले ‘विज्ञता’ लाई दुरुपयोग गर्दै आफूले चाहेको कम्पनीलाई मात्र मिल्ने गरी ‘स्पेसिफिकेसन’ तयार पारेर राज्यको अर्बौं रुपैयाँ दुरुपयोग गरेको आरोप लाग्दै आएको खबर सुनिल सापकोटाको बाइलाइनमा शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर