newskoseli.Com

एसईई परीक्षा नराेकिने, पूर्वनिर्धारित तालिकामै हुने

फाइल तस्बिर

सरकारले एसईई परीक्षा नरोक्ने भएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिममा राखेको अवस्थामा परीक्षा नरोकेको भन्दै अभिभावक महासंघलगायत सरोकारवाला निकायले भने असन्तुष्टि जनाएका छन् ।

शिक्षण संस्थामा केही दिन बिदा दिन गरेको आग्रहलाई बेवास्ता गर्दै सरकारले पूर्वनिर्धारित तालिकावमोजिम नै एसईई परीक्षा गर्न लागेको हो । १ हजार ९ सय २५ केन्द्रमा करिव ५ लाख विद्यार्थीको सहभागिता हुने यो परीक्षा सरकारले विश्वभर कोरोना संक्रमण उत्कर्षमा पुगेकै अवस्थामा सञ्चालन गर्न लागेको छ ।

पछिल्लो तथ्यांकअनुसार हाल विश्वका १ सय २७ मुलुकमा कोरोना संक्रमण देखिइसकेको खबर ईश्वराज ढकालको बाइलाइनमा सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

यो पनि पढ्नुहोस्–
एसइईका हरेक परीक्षा केन्द्रमा ‘आइसोलेसन’ कक्ष !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर