newskoseli.Com

एसईईका हरेक परीक्षा केन्द्रमा ‘आइसोलेसन’ कक्ष !

फाइल तस्बिर

माध्यमिक शिक्षा परीक्षा– कक्षा १० (एसईई) का हरेक परीक्षा केन्द्रमा ‘आइसोलेसन कक्ष’ निर्माण हुने भएका छन्  । ६ चैतदेखि सुरु हुने एसईई परीक्षामा सहभागी विद्यार्थीमा रुघा, सामान्य ज्वरोलगायतका समस्या देखिए छुट्टै कक्षामा राखेर परीक्षा दिने व्यवस्था मिलाइने भएको छ ।

शिक्षा र स्वास्थ्यमन्त्रीको केही दिनअघि बसेको बैठकले हरेक परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ राख्ने निर्णय पनि गरिसकेको छ । स्वास्थ्य मन्त्रालयबाट खटिने स्वास्थ्यकर्मीले परीक्षार्थीलाई जाँच गर्दा रुघा, ज्वरो देखिएमा ‘आइसोलेसन कक्ष’ मा राखेर परीक्षा दिने व्यवस्था गर्न लागिएको परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए ।

यस वर्ष १ हजार ९ सय ९४ परीक्षा केन्द्र कायम भएको खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

यो पनि पढ्नुहोस्–
एसईई परीक्षा नराेकिने, पूर्वनिर्धारित तालिकामै हुने

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर