newskoseli.Com

‘व्यावसायिक नेताले नै कालोबजारी गर्छन्, त्यहीं छापा माराैं’ : पूर्वअर्थसचिव बाँस्कोटा

व्यावसायिक संघ–संगठनका अध्यक्षका उद्योग तथा प्रतिष्ठानमा सरकारले छापा मार्नुपर्ने पूर्वअर्थसचिव एवं राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले बताएका छन् ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । व्यावसायिक संघ–संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षका फर्म तथा व्यावसायिक प्रतिष्ठानमा सरकारले छापा मार्नुपर्ने पूर्वसचिव बाँस्कोटाको सुझाव छ ।

महासंघकी अध्यक्ष भवानी राणा, परिसंघका अध्यक्ष शतीश मोर र चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठका उद्योग तथा फर्महरूबाटै कालोबजारी हुने गरेको भन्दै सरकारले ती फर्ममा छापा मार्नुपर्ने उनले बताए । ‘ठूला भनिएका उद्योग तथा प्रतिष्ठानले नै उपभोक्तामाथि कालोबजारी गरिरहेका छन्,’ पूर्वसचिव बाँस्कोटाले भने– ‘भवानी राणा, शतीश मोर र राजेशकाजी श्रेष्ठको उद्योग, प्रतिष्ठान तथा फर्ममाथि नै छापा मार्नुपर्छ ।’

उपभोक्ताको हितमा पूर्वप्रशासकले सुझाएको सही उपायसम्बन्धी यो खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर