newskoseli.Com

करोडौं फस्यो विदेश जानेको हवाई टिकटमा

वैदेशिक रोजगारीमा जान ठिक्क परेका युवा रोकिएपछि हवाई टिकटमा करोडौं रुपैयाँ फसेको छ ।

उड्न नपाएकाको रकम फिर्ता गर्न सरकारले हवाई कम्पनीलाई निर्देशन दिए पनि त्यो रकम कहिले फिर्ता पाउने भन्नेबारे यकिन नहुँदा उनीहरुको रकम फसेको हो । व्यवसायीहरुका अनुसार अन्तिम श्रम स्वीकृति लिएकामध्ये करिव १० हजार नागरिकले हवाई टिकट खरिद गरेको अनुमान छ ।

रोजगारीमा जान ठिक्क परेका बेला सरकारले श्रम स्वीकृतिमा रोक लगाएपछि हवाई टिकट लिएका युवा उड्न नपाएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेले बताएको खबर रुद्र खड्काको बाइलाइनमा आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर