newskoseli.Com

काठमाडौंमै कोरोना संक्रमित फेला, धैर्यता नगुमाउन स्वास्थ्यमन्त्रीकाे अपिल (भिडियाेसहित)

कोरोनाभाइरसको संक्रमणले विश्व नै आक्रान्त भैरहेका बेला झन्डै दुई महिनाको अन्तरालमा आइतबार राति १० बजे नेपालमै दोस्रो व्यक्तिमा कोरोनाभाइरसको संक्रमण भेटिएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरेर राजधानीमा कोरोना संक्रमति व्यक्ति भेटिएको जानकारी गराएका हुन् ।

१९ वर्षिया ती बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचार भइरहेको छ । फ्रान्सबाट दोहा (कतारको राजधानी) हुँदै ४ चैतमा नेपाल आएकी उनी होम क्वारेन्टाइनमै बसेकी थिइन् । नेपाल भित्रँदा उनमा कोरोनाको कुनै लक्षण देखिएको थिएन ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार दिइएकाे नमूना परीक्षण गर्दा भने उनमा कोरोना संक्रमण भएको आइतबार पुष्टि भएको छ । उनीसँगै आएका र परिवारका अरु सदस्यहरुको पहिचान गरी सबैलाई आइसोलेसनमा राखेर परीक्षण गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

एक जनामा कोरोना पुष्टि भए पनि धैर्यता नगुमाउन र सावधानी अपनाएर संक्रमणलाई विस्तारित हुन नदिन स्वास्थ्यमन्त्री ढकालले सबैसँग अपिल गरेका छन् । यसअघि  (झन्डै दुई महिना पहिले) चीनबाट आएका एक नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियाे । तर, उपचारपछि निकाे भएर उनी घर फर्किसकेका छन् ।

यो पनि पढ्नोस्–
कोरोनाभाइरसबाट बच्न के–के गर्ने, के–के नगर्ने ?

स्वास्थ्यमन्त्रीको पत्रकार सम्मेलन हेर्नोस् भिडियोमा–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर