newskoseli.Com

बेलायती प्रधानमन्त्री जोनसनलाई पनि कोरोना !

विश्वभर सन्त्रास मच्चाइरहेको कोरोनाभाइरस (कोभिड– १९) बाट बेलायती प्रधानमन्त्री बोरिस जोनसन समेत संक्रमित भएको पुष्टि भएको छ ।

प्रधानमन्त्री जोनसनले शुक्रबार अबेर भिडियोसहितको ‘ट्विट’ पोस्ट गर्दै आफूलाई कोरोना पोजिटिभ भएको सार्वजनिक गरेका हुन् ।पछिल्लो २४ घन्टा आफूलाई ज्वरो आउनुका साथै खोकी लागेको र मेडिकल अफिसरको सल्लाहअनुसार परीक्षण गर्दा नतिजा पोजेटिभ पाइएको उनले लेखेका छन् । प्रधानमन्त्री जोनसनले लेखेका छन्– ‘म घरमै सेल्फ आइसोलेनमा बसेको छु र यहींबाट भिडियो कन्फ्रेन्समार्फत सरकारको नेतृत्व गर्ने र भाइरससँग जुध्नेलगायतका सबै काम गरिरहेको छु ।’

कोरोना संक्रमणको पुष्टि भएलगत्तैदेखि उनी सेल्फ आइसोलेसनमा रहेको र त्यसै अवस्थामा बसेर सरकार चलाएको बताइएको छ ।

यस्तो छ जोनसनको ‘ट्विट’, जस्ताको तस्तै–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर