newskoseli.Com

खोलापारि देश हाम्रो !

खोलापारि देश हाम्रो, खोलावारि हामी !
बाटो छैन, खटन छैन– हामी कहाँ जाने ?

विपत्तिमा देशको माटो टेक्न पाए हुन्थ्यो
जहान–परिवारको मुख देख्न पाए हुन्थ्यो
बीचमा छ काली नदी, देश हाम्रो पारि
देश हेर्दै रुँदै हामी बसेका छौं वारि !
खोलापारि देश हाम्रो…

पौडी जाऊँ पारि भने बगिजाइन्छ कि ?
तरिजाऊँ पारि भने गोली खाइन्छ कि !
हामी वारि चिच्याउँदा लौ न कोही बोल
चोर हाेइनौं, डाका होइनौं– लौन ढोका खोल !
खोलावारि…

विपत्तिमा आफ्नो देश सम्झिएर आयौं
कति छाक भोकै बस्यौं, कति लाठी खायौं !
कति खुसी भा’थ्यौं देख्दा देशको रनबन
आफ्नै देशले बाटो छेक्दा भाँचियो नि मन !
खोलावारि…

ढुङ्गोजस्तो रै’छ देश बोल्दै बोलेन नि
कति रोयौं तर ढोका खोल्दै खोलेन नि !
विपत्तिमा काम नलाग्ने किन चाहियो देश ?
घरी सोच्छौं यस्तो देश त नभएकै बेस !

खोलापारि हाम्रो देश खोलावारि हामी
बाटो छैन, खटन छैन– हामी कहाँ जाने ?

१९ चैत, २०७६, भक्तपुर

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर