newskoseli.Com

संकटको घडीमा पत्रकार महासंघभित्र रडाको !

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोनाभाइरसको सन्त्रासबीच नेपालमा जारी लकडाउनका बेला नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघभित्र भने रडाको मच्चिएको छ ।

राजधानीबाट सञ्चालित एक सञ्चार माध्यमले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार र उपप्रधानमन्त्रीका छोरालाई जोडेर प्रकाशित गरेको समाचार ‘डिलिट’ गर्ने गरी सो अनलाई ‘ह्याक’ भएको भनिएको प्रकरणमा पत्रकार महासंघका केन्द्रीय पदाधिकारी र सदस्यहरु विभाजित भएका हुन् ।

यसै सन्दर्भमा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बिहीबार जारी गरेको प्रेस विज्ञप्ति संस्थागत नभई व्यक्तिगत भएको महासंघका केही केन्द्रीय सदस्यले दावी गरेका छन् ।

केन्द्रीय सदस्यहरु गोविन्दप्रसाद चौलागाईं, टेकराज थामी, द्वारिका काफ्ले, सटेन्द्र जबेगू, श्वेता सिन्हा, छेटु शेर्पा, मधु शाही, रामकृष्ण ज्ञवाली र कृष्ण गिरीले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी गर्विलो इतिहास बोकेको महासंघजस्तो गरिमामय साझा संस्थाका महासचिव रमेश विष्टमार्फत आएको विज्ञप्तिले सिर्जित घटनाबाट आफूहरु दुःखित भएको उल्लेख गरेका छन् ।

‘कसमस विश्वकर्माको नेतृत्वमा प्रकाशित ‘काठमाडौं प्रेस’ को वेबसाइट ह्याक गरी समाचार सामग्री हटाउने कार्य निन्दनीय छ, दोषीविरुद्ध कानुनी कारबाही हुनुपर्नेमा हामी दृढ छौं,’ विज्ञप्तिमा भनिएको छ– ‘सत्य–तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मी र सञ्चारगृहलाई अभिभावकीय भूमिका निभाउनुपर्ने महासंघले कोरोनाभाइरसबाट त्रसित जनताको मनोभावलाई समेत ओझेलमा पार्ने गरी पुष्टि नभएका व्यक्ति र विषय जोडेर निकालेको प्रेस विज्ञप्ति संस्थागत नभई व्यक्तिगत हो ।’ वर्तमान विषम परिस्थितिमा महासंघजस्तो साझा र भरोसायोग्य संस्थाको गौरवमय इतिहास बचाउन चाँडोभन्दा चाँडो सल्लाहकारसहितको केन्द्रीय समितिको बैठक बोलाई उठेका विषयमा गम्भीर बहस गर्नुपर्ने माग उनीहरुले गरेका छन् ।

यस्तो दुःखद् परिस्थितिमा समेत जोखिम मोलेर रिपोर्टिङ गर्ने पत्रकारलाई पारिश्रमिक नदिने सञ्चारगृहलाई झकझक्याउनुपर्ने र दबावमूलक कार्यक्रमलाई थप निरन्तरता दिनुपर्ने, लोककल्याणकारी विज्ञापनको रकम बढाउनुपर्ने, समानुपातिक विज्ञापनलाई कार्यान्वयनमा लैजानुपर्नेजस्ता काम महासङ्घले गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, ‘पत्रपत्रिका तथा अनलाइनमाथि स्थानीय तहले लगाएको कर र प्रेस स्वतन्त्रताविरोधी कानुनमा सजग हुँदै पत्रकारका विषयमा बहस र छलफल गर्न देशव्यापी अभियान थाल्नुका साथै पत्रकारको क्षमता अभिवृद्धि गराउनेजस्ता दायित्व बिर्सेर विवादित मोडमा जानु महासंघको स्वभावलाई सुहाउने विषय नभएको’ उनीहरुको विज्ञप्तिमा उल्लेख छ ।

‘जुनसकै पक्षबाट भए पनि प्रेस स्वतन्त्रताविरोधी हर्कतको खुलेर विरोध मात्र होइन, त्यस्ता गतिविधि रोकी महासंघको गर्विलो इतिहास बचाउन हामी सधैं अग्रमोर्चामा उभिने छौं’– विज्ञप्तिमा उल्लेख छ ।

यस्ताे छ केन्द्रीय सदस्यहरूकाे प्रतिवाद–

कसमस विश्वकर्माको नेतृत्वमा प्रकाशित ‘काठमाडौं प्रेस’को वेव साइट ह्याक गरि समाचार सामाग्री हटाउने कार्य निन्दनीय छ । दोषी विरुद्ध कानूनी कारबाही हुनु पर्नेमा हामी दृढ छौं । गर्विलो इतिहास बोकेको साझा संस्था नेपाल पत्रकार महासंघ जस्तो गरिमामय संस्थाका महासचिव रमेश विष्टमार्फत आएको विज्ञप्तीले सृजित घटनाबाट हामी दुखिद भएका छौं । सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मी र सञ्चार गृहलाई अभिभावकीय भुमिका निभाउनु पर्ने महासंघले कोरोना भाइसरबाट त्रसित जनताको मनोभावलाई समेत ओझेलमा पार्ने गरि पुष्टि नभएका व्यक्ति र बिषय जोडेर निकालेको प्रेस विज्ञप्ती संस्थागत नभई व्यक्तिगत भएको सबैलाई जानकारी गराउँछौ ।

यस बिषम परिस्थितिमा महासंघ जस्तो साझा र भरोषायोग्य संस्थाको गौरवमय इतिहास बचाउन चाँडो भन्दा चाँडो सल्लाहकारसहितको केन्द्रीय समितिको बैठक बोलाई उठेका बिषयमा गम्भिर बहस गरोस् । पत्रकारका बिशेष मुद्या जस्तै ः जोखिम मोलेर रिपोर्टिङ गर्ने पत्रकारको हकमा यस्तो दुखद् परिस्थितमा समेत पारिश्रमिक नदिने सञ्चारगृहलाई झकझकाउन पर्ने र दवाव मुलक कर्याक्रमलाई थप निरन्तरता दिनु पर्ने, लोक कल्याणकारी विज्ञापन बढाउनु पर्ने, समानुपातिक विज्ञापनलाई कार्यन्वयनमा लैजानु पर्ने, पत्रपत्रिका तथा अनलाइनमाथि स्थानीय तहले लगाइएको कर, प्रेस स्वतन्त्रता विरोधी कानूनमा सजक हुँदै पत्रकारका मुद्यामा बहस र छलफल गर्न देश व्यापी अभियान थाल्नु पर्नुका साथै पत्रकारका क्षमता अभिवृद्धि गराउने जस्ता दायित्व बिर्सेर विवादित मोडमा जानु महासंघको स्वभावलाई सुहाउने बिषय होइन ।

पत्रकारका यस्ता संवेदनशिल मुद्धामा केन्द्रीत भई जनतालाई सुसुचित गर्ने मिडियाहाउस र त्यसमा कार्यरत पत्रकारका लागि लक डाउनले पारेको असर तर्फ ध्यान दिँदै महासंघले सरकारसँग बिशेष राहत प्याकेज माग गर्नु पर्ने आम पत्रकारको भवनालाई भुलेर राजीनितको गन्ध दिने खालको विज्ञप्तीले हामीलाई चिन्तित तुल्याएको छ ।

चाहे जुनसकै पक्षबाट भए पनि प्रेस स्वतन्त्रता विरोधी हर्कदको हामी खुलेर विरोध मात्र होइन, त्यस्ता गतिविधि रोकी महासंघको गर्विलो इतिहास बचाउन हामी सधैं अग्रमोर्चामा उभिने छौं ।

केन्द्रीय सदस्यहरूः

गोविन्दप्रसाद चौलागाईं, टेकराज थामी, द्वारिका काफ्ले, सटेन्द्र जवेगू, श्वेता सिन्हा, छेटू शेर्पा, मधु शाही, रामकृष्ण ज्ञवाली, उत्तर विष्ट, कृष्ण गिरी

असहमति जनाउने कतिपय केन्द्रीय सदस्यहरूले सामाजिक सञ्जालमार्फत बेग्लाबेग्लै समेत विराेध जनाएका छन्–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर