newskoseli.Com

राष्ट्रपति ट्रम्पमा देखिएन कोरोना : दोस्रो पटकको परीक्षण पनि ‘नेगेटिभ’

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गराएको दोस्रो परीक्षणमा पनि उनलाई कोरोना संक्रमण नदेखिएको ह्वाइटहाउसले जनाएको छ । पछिल्लो पटक राष्ट्रपति ट्रम्पको कोरोनाभाइरस परीक्षण गरिएको र त्यसको नतिजा ‘नेगेटिभ’ आएको ह्वाइटहाउसका फिजिसियन सिन कोन्लेले जानकारी दिए ।

ट्रम्पको कोरोना परीक्षणका लागि नयाँ र तीब्र (र्‍यापिड) परीक्षण प्रविधि प्रयोग गरिएको उनले बताए । राष्ट्रपति ट्रम्पको नमूना लिन एक मिनेट लागेको र १५ मिनेटभित्रै नतिजा आएको पनि फिजिसियन कोन्लेले जानकारी दिए ।

राष्ट्रपति ट्रम्पले कोरोनाभाइरस कार्यदलको बैठकपछि बोल्दै कोरोनाभाइरससँग संघर्षरत नर्सिङ होमका लागि नयाँ निर्देशिका जारी गरिएको बताए । यसअघि जारी गरिएको निर्देशिकामा नर्सिङ होमहरुलाई अरु बिरामीको उपचार सीमित गर्न आदेश दिइएको थियो ।

संयुक्त राज्य अमेरिका अहिले कोरोनाभाइरसको संक्रमणका दृष्टिले सर्वाधिक खतरापूर्ण अवस्थामा पुगेको छ । अमेरिकामा ५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने २ लाख ४५ हजारभन्दा बढी संक्रमित भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर