newskoseli.Com

लकडाउनमा सिद्धिए नाकाबन्दीका इन्डक्सन : फेरि ल्याउने यस्तो छ पहल

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्रीका लागि राखेका इन्डक्सन चुलो सकिएका छन् । २०७२ मा भारतले लगाएको नाकाबन्दीताका चीन सरकारले नेपाल सरकारलाई अनुदानस्वरूप दिएका झन्डै १२ हजार थान इन्डक्सन चुलो कोभिड– १९ का कारण लागू भएको लकडाउनमा मात्र सकिएका हुन् ।

कम्पनीले सूचना जारी गर्दै इन्डक्सन चुलो सकिएको जानकारी गराएको छ । लकडाउनका कारण खाना पकाउने ग्यासको विकल्पमा आम उपभोक्ताको आकर्षण इन्डक्सन चुलोतिर बढेको थियो । कम्पनीले उपत्यकामा सञ्चालन गरेका विभिन्न पाँच वटा बिक्री केन्द्र काठमाडौंको रामशाहपथ, थापाथली, ललितपुरको लखनखेलस्थित प्रयागपोखरी, भैंसेपाटीस्थित नख्खुचोक, भक्तपुरको सूर्यविनायकबाट दैनिक पाँच सय इन्डक्सन चुलो बेचेको थियो ।

कम्पनीले थप इन्डसक्न चुलो ल्याउने योजना छ तर त्यसका लागि समय भने लाग्ने सो कम्पनीका प्रमुख नेत्रप्रसाद सुवेदीले जानकारी दिए । यही मूल्यको र यस्तै गुणस्तरको इन्डक्सन चुलो ल्याउन छलफल भइरहेको र मन्त्रालयका सचिव पनि सकारात्मक रहेको उनले बताएको खबर सीता शर्माको बाइलाइनमा मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर