newskoseli.Com

मलाई त प्यारो छ यो जिन्दगी नै

अहो ! हाँसी–खेली सधैं नै रमाएँ
पखेरा र पाखा सबै देख्न पाएँ
भएँ ‘स्वर्ग’ मै लौ उडेको चरा झैं
मलाई त प्यारो छ यो जिन्दगी नै ।

नटुट्ने भरोसा र विश्वास सारा
रहन्छन् दिलैमा सधैं नै प्यारा
मुमा मुस्कुराइन् अहो ! प्यार गर्दै
मलाई त प्यारो छ यो जिन्दगी नै ।

हँसाएर सारा अझै बाँच्न पाऊँ
भुली दर्द सारा सधैं हाँस्न पाऊँ
सबैमा छ पुग्नै अहो ! बासना भई
मलाई त प्यारो छ यो जिन्दगी नै ।

दुखाएर माया म गर्दिनँ कहिल्यै
छ औकात सानो म हार्दिन कहिल्यै
नहारौं छ उठ्नै रहे’नि विपन्नै
सधैं नै प्यारो छ यो जिन्दगी नै ।

डराएर लड्दै सरेथें पछाडि
रहेछन् प्यारा सधैं नै अगाडि
अहो ! मुस्कुराए ‘म छु साथ’ भन्दै
मलाई त प्यारो छ यो जिन्दगी नै ।

माई नगरपालिका, इलाम

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर