newskoseli.Com

कालीमाटी तरकारी बजार बन्द : कहाँ–कहाँ छ नयाँ व्यवस्था ?

कालीमाटीस्थित देशकै ठूलो तरकारी तथा फलफूल बजार बिहीबारदेखि बन्द गरिएको छ । कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले त्यहाँको कारोबार बन्द गरेको हो ।

सो बजारमा तरकारी नियमित भित्रिए पनि कारोबार भने बिहीबारदेखि महानगरले तोकेका अरु नै बजारबाट मात्र गरिन्छ । लकडाउन अवधिभर र कोरोनाभाइरस नियन्त्रण नहुँदासम्मका लागि महानगरपालिकाले विभिन्न ११ स्थानमा अस्थायी बजार स्थापना गरी बिक्रीवितरणको प्रबन्ध मिलाउन कालीमाटी समिति र थोक व्यापारीलाई आग्रह गरेको छ । तरकारी बिक्रीका लागि आवश्यक स्थान भने महानगरपालिकाले उपलब्ध गराउने जनाएको छ ।

काठमाडौंको खुलामञ्च, तीनकुने, गौशाला, चक्रपथ, महाराजगञ्ज, बालाजु, बल्खुलगायतका ११ स्थानमा तरकारी बिक्रीको प्रबन्ध गर्ने गरी तयारी भएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । कालीमाटी बजारमा बाहिरबाट भित्रिएका सबै तरकारी स्टोर गरिन्छ र तिनै तरकारी थोक व्यापारीमार्फत महानगरपालिकाले तोकेका बिक्री केन्द्रमा लगेर बिक्रीको प्रबन्ध मिलाइने उनले बताएको खबर बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर