newskoseli.Com

रक्सी पिउँदा ६ सयको मृत्यु, ३ हजार सिकिस्त : ‘कोरोनाको औषधि’ सम्झँदाको हविगत !

इरानमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या अहिलेसम्म झन्डै ३ हजार ८ सय पुगेको छ । यसैबीच, विषाक्त रक्सीको सेवनबाट त्यहाँ ६ सय जनाको मृत्यु भएको छ र ३ हजार व्यक्ति सिकिस्त बिरामी भएका छन् । अस्पतालमा उनीहरुको उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

डेलीमेलले जनाएअनुसार कोरोनाभाइरसको औषधि सम्झेर मंगलबार हजारौंले निट अल्कोहल पिएको र त्यसपछि ३ हजार ६ सय जना बिरामी परेको इरान सरकारका प्रवक्ता घोलम हुसैन इस्माइलीले बताए । इस्माइलीका अनुसार विषाक्त अल्कोहल पिएका ६ सय जनाको मृत्यु भइसकेको छ ।

अल्कोहलका कारण कोरोनाभाइरसलाई कुनै पनि सकारात्मक असर नगर्ने भएकाले कुनै पनि प्रकारको रक्सी सेवन नगर्न उनले नागरिकलाई आग्रह गरेका छन् । तस्निम न्युज एजेन्सीसँग कुराकानी गर्दै यो घटनामा संलग्न भएको आशंकामा केही व्यक्तिलाई पक्राउ गरिएको र उनीहरुविरुद्ध आपराधिक गतिविधि गरेको आरोपमा मुद्दा चलाइएको उनले जनाएका छन् ।

इरानमा कोरोनाभाइरसका ६२ हजारभन्दा धेरै संक्रमित छन् । यद्यपि अहिले इरानले जारी गरेको तथ्याङ्कमा प्रश्न उठाइएको छ । इरानका ३१ सांसदलाई समेत कोरोना संक्रमण भएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर