newskoseli.Com

उखान-अन्तर्वार्ता : भेडा, भेडातिरै; बाेका, बाेकातिरै !

पत्रकार : फुटाउने प्रस्ताव किन ल्याउनुभएकाे ?

उहाँ : एउटै भाँडाेमा दुईटा बाेकाले कुँडाे खान गाह्रो हुन रहेछ, भाँडाे थपाैँ मात्रै भनेकाे !

पत्रकार : अनि उहाँहरू त सुप्रिमाे निवासमा मिटिङ गर्न गइसक्नुभाे त !

उहाँ : पाेइले कुटेकी स्वास्नी माइत जाँदिन त ? के कुरा गर्नुहुन्छ !

पत्रकार : यदि फुट्याे भने, काे–काे कता जालान् ?

उहाँ : भेडा, भेडातिर; बाेका, बाेकातिर !

पत्रकार : याे बेमौसमी बाजा बजाउँदा जनता कता जालान् नि ?

उहाँ : जनता जन्ती हुन् । झाेल र भात खान पाएसी, जसकाे बाजाकाे ताल गजबले घन्किन्छ, त्यही तालमा दिनभर नाचिदिन्छन् !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर