newskoseli.Com

बन्दुकधारीको हमलामा परि सांसदसहित १० को मृत्यु

 सोमालियाको राजधानी मोगादिशुको एक होटलमा बन्दुकधारीले आक्रमण गर्दा १० जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दुई सांसद पनि रहेका छन् ।
 
प्रत्यक्षदर्शीका अनुसार एम्बेस्डर होटलको बाहिर आक्रमणकारीले विस्फोट गराएका थिए । र, उनीहरु त्यसपछि होटल प्रवेस गरी गोली चलाएक थिए । बीबीसीका अनुसार होटलमा सांसद र अन्य सरकारी कर्मचारी बसेका थिए ।
 
हमला लगत्तै चरमपन्थी संगठन अल शबाबले हमलाइको जिम्मेवारी लिएको छ । हमलाबाट होटको भवनमा ठूलो क्षति पुगेको जनाइएको छ ।
धमकाका कारण ४० भन्दा धेरै मानिस घाइते भएका छन् । सोमालियामा अल शबाब त्यहाँको सरकारसँग युद्ध लडिरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर