newskoseli.Com

‘मरिसके’ र ‘सिकिस्त बिरामी’ भनिएका किम जोङ उन देखिए सार्वजनिक कार्यक्रममा

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन लगभग २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उत्तर कोरियाली सरकारी सञ्चार माध्यमहरुले यसबारे जानकारी दिएका हुन् ।

पछिल्ला केही हप्तादेखि किम जोङ उन सार्वजनिक रुपले नदेखिँदा उनको स्वास्थ्यका विषयमा विभिन्न प्रकारका अडकलबाजी चलिरहेका थिए । अझ कतिपयले त उनको निधन नै भएको समेत प्रचार गर्न भ्याएका थिए । केसीएनए समाचार एजेन्सीको रिपोर्टकोअनुसार किम जोङ उनले हालै रिबन काटेर मल बनाउने एक कारखानाको उदघाटन गरेका छन्।

सरकारी सञ्चार माध्यमका अनुसार जब उनी अगाडि आए, त्यहाँ उपस्थित मानिसहरुले तालीको गडगडाहटले उनको स्वागत गरे । केसीएनए न्युका अनुसार किम जोङ उन आफ्नी बहिनी किम यो जो र थुप्रै विशिष्ट अधिकारीसँग उपस्थित भएका थिए ।

यसअघि पछिल्लो पटक अप्रिल १२ मा उनी सार्वजनिक रुपमा देखिएका थिए । लामो समयदेखि सार्वजनिक कार्यक्रममा नदेखिएका उनी गम्भीर रुपले बिरामी भएको दाबी गरिँदै थियो । बुधबार यस्ता अड्कलबाजी थप बढे, जब अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भने– ‘उत्तर कोरियाका अधिकारीले किम जोङ उनलाई पछिल्लो थुप्रै दिनदेखि देखेका छैनन् ।’

यद्यपि, दक्षिण कोरियाले भने किम जोङ उन गम्भीर रुपमा बिरामी भएको खबर सही नभएको बताएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर