newskoseli.Com

नेपाली तरकारी बारीमै सडे, भारतबाट किनियो ४ अर्बको : लकडाउनको अर्थतन्त्र

लकडाउन सुरु भएको चैत महिनामा मात्र भारतबाट २ अर्ब ८१ करोड २९ लाख रुपैयाँको तरकारी आयात भएको भन्सार विभागको तथ्यांक छ । नेपालमा ११ चैतदेखि लकडाउन सुरु भए पनि सीमानाका भने २ चैतदेखि नै नियन्त्रित भएका हुन् ।

चैतको तथ्यांकलाई आधार मान्दा नेपालमा दैनिक ९ करोड ३७ लाख रुपैयाँको तरकारी आयात भइरहेको छ । त्यसैले लकडाउनयता २३ वैशाखसम्म ४२ दिनमा २ अर्ब १२ करोड ५५ लाख रुपैयाँको तरकारी आयात भएको मान्न सकिने भन्सारकै एक अधिकारीले बताए ।

तरकारी अत्यावश्यक वस्तु भएकाले आयात निर्वाध रूपमा भइरहेको भन्सार विभागका महानिर्देशक सुमन दाहालको भनाइ छ । तर, नेपाली किसानले उत्पादन गरेको तरकारी भने यो अवधिमा प्रायः बारीमा सुकिरहेको र सडिरहेको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर