newskoseli.Com

व्यंग्य–कविताः नेता

चुनावअघि जनताको खोजी
खोजी मात्र होइन, भरिदिन्छन् गोजी
जुर्मुराउँदा भाषण, मिठो आश्वासन
त्यति मात्र होइन बाँडिदिन्छन रासन

चुनावपछि कुर्सीको तानातान
कुर्सीकै लागि मुक्का हानाहान
जनता नेता कुर्छ, नेता जनता चिन्दैन
सिंहदरबार–क्वार्टरबाहेक अन्त कतै हिँड्दैन

प्रतिपक्ष भए ढुङ्गामुढा हान्ने
चक्काजाम अनि तोडफोड गर्ने
सत्तापक्ष भए चिल्ला कारमा फिलिली
विदेशतिर झिलिमिली
कुर्सी जोगाउ मिलिजुली

चप्पल पड्काउँदै राजाधानी छिरेको
अहिले उसको घर हेर्दा मेरो टोपी गिरेको
जनताका दुःख पीडा जहाँका तहीं
चुनाव अघिका आश्वासासन के पो थिए खै ?

फेरि अर्को चुनाव आउँछ
जनताकोमा धाउँछ,
रिसचूर्ण भोटरलाई घरमै भेडो पठाउँछ
भेडो देखी भोटरले अगाडिका कुरा बिर्सिए
जनता भेडा हुन् भन्ने बुझी भेडैद्वारा किन्दिए ।

०३, ०९, २०५५

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर