newskoseli.Com

आर्थिक वृद्धिदर २.३ प्रतिशत, लगानी ३.४ प्रतिशत घट्दै : आर्थिक सर्वेक्षण

चालू आर्थिक वर्ष २०७६/७७ को फागुनसम्म सन्तोषप्रद रहेको नेपाली अर्थतन्त्रका अधिकांश सूचक त्यसयता खुम्चिँदै गएको सरकारको आर्थिक सर्वेक्षणले देखाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मङ्गलबार सङ्घीय संसदका दुवै सदनमा प्रस्तुत गरेको चालू आ.व. को आर्थिक सर्वेक्षणले कोरोना सङ्क्रमणका कारण नेपालको अर्थतन्त्रमा चाप परेको देखाएको हो ।

कोरोनाका कारण सिर्जित अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिस्थितिका कारण आर्थिक गतिविधि शिथिल हुँदै जाँदा पर्यटन, उद्योग, निर्माण, व्यापारलगायतका क्षेत्र बढी प्रभावित भई आर्थिक विकास र स्थायित्वका परिसूचकमा चाप पर्दै गएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको असरका कारण आर्थिक वृद्धिदर पनि निकै खुम्चने प्रक्षेपण सर्वेक्षणले गरेको छ ।

प्रारम्भिक अनुमानअनुसार नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहनेछस जबकि सरकारले चालू आ.व. को बजेटमा ८.५ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको थियो । आर्थिक सर्वेक्षणअनुसार प्रतिव्यक्ति वार्षिक आय ७.५ प्रतिशतले बढेर १ लाख २६ हजार रुर्पयाँ पुग्ने अनुमान छ ।

त्यस्तै, कूल गार्हस्थ्य उत्पादनको ८१.९ प्रतिशत कूल उपभोग र १८.१ प्रतिशत बचत हुने प्रक्षेपण गरिएको छ । महामारीले कूल लगानीमा प्रत्यक्ष असर पार्ने अनुमान पनि आर्थिक सर्वेक्षणले गरेको छ । सार्वजनिक एवं निजी क्षेत्रको खर्चमा आएको सङ्कुचनका कारण चालू आ.व. मा कूल लगानी ३.४ प्रतिशतले घटेर १८ खर्ब ८९ अर्ब २६ करोड हुने अनुमान छ ।

यद्यपि निरपेक्ष गरिबी अघिल्लो आ.व. को १८.७ प्रतिशतले घटेर चालू आ.व. मा १६.६७ प्रतिशत मात्र रहने प्रक्षेपण पनि गरिएको खबर बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर